मेरो छोराको जीवन बचाईदिनुहोस्
पाल्पा जिल्ला बौघा पोखरा थोक गा.वि.स. वडा नं. २ चिउदी, नाम्टाटुङ्ग निवासी म ज्ञान बहादुर रानाको छोरा बर्ष १६ को लिला राना हाल विर अस्पतालमा उपचारका क्रममा छन् । कक्षा ९ मा पढ्दै गरेका निज लिला राना पाल्पा मिशन अस्पतालबाट रिफर भई २०६५ साउन १४ गतेदेखी वीर अस्पतालको न्युरोलोजी विभागको बेड नं. २८० मा भर्ना भई डाक्टरको नियमित रेखदेखमा उपचार गराईरहेका छन् ।
विर अस्पतालका न्युरोलोजिष्ट डाक्टरका अनुसार विरामीको मस्तिष्कको नसा फुटेको छ । उनलाई टाउको र नसा सम्वन्धि समस्या देखिएको छ । डाक्टरका अनुसार विरामीको अवस्था अत्यन्त कमजोर रहेको छ । विरामीको तत्काल टाउकोकेा अपरेशन र थेरापी बाहेक उपचारको अरु कुनै विकल्प छैन । अस्पतालका अनुसार तत्काल उनलाई Emदयष्शिबतष्यल बलम न्ammब प्लषभ तजभचबउथ गराउनु पर्दछ तर नेपालका अस्पतालमा यो सुविधा उपलब्ध छैन । जसका कारण विरामीको उपचार नेपालमा हुन नसक्ने भएकाले जतिसक्दो चााडो भारत स्थित अल इन्डिया मेडिकल इन्स्िटच्युट लैजानु पर्ने वताइएको छ । अस्पतालका अनुसार विरामीको सो उपचारका लागि भारतिय रुपैया करिव साढे दुई लाख रुपैया -नेपाली चार लाख रुपैया) जति लाग्ने वताइएको छ ।
म साधारण परिवारको व्यक्ति, मेरो आर्थिक अवस्था अत्यन्त नाजुक रहेको छ । मेरो सम्पुर्ण सम्पत्ती घर जग्गा ३०/४० हजारमा पनि बिक्री हुदैन । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको मेरो परिवारमा यतिबेला ठुलो बज्र परेको छ । टाउकोका विरामी मेरो छोरा लिला रानाको उपचारका लागि आवश्यक चार लाख रुपैया जुटाउनु हाम्रो परिवारका लागि सहज विषय होइन । भर्खर १५ वर्ष पुगी १६ वर्ष लागेको, कक्षा ९ मा पढ्दै गरेका मेरो छोरा लिला रानाको जिवन वचाउन आर्थिक सहयोगको लागि हाम्रो परिवार भौतारिरहेका छौं । यतिवेला छोराको उपचारको लागि आर्थिक संकलनमा जुटेका छौं । छोराको जीवन वचाउन आर्थिक सहयोग गरिदिनु हुन सबै दयालु सहयोगी दाजुभाई दिदीवहिनी तथा संघसंस्थालाई हार्दिक अनुरोध गर्दछु ।
उपचारमा सहयोग गरी मेरो छोरालाई नयाा जीवन दिन ज्ञान बहादुर राना, लक्ष्मी बैंक, खाता नं. ००१० २०५ ००० २००९, फ्याक्स ९७७ १ ४२३३३०७ वा फोन नं. ९८४७०२८७८७ र ९८४७०६९३६१ मा सम्पर्क गरी आर्थिक सहयोग उपलब्ध गराईदिनु हुन अनुरोध छ ।
ज्ञान बहादुर राना
बौघा पोखरा थोक वडा नं. २,
चिउदी, नाम्टाटुङ्ग, पाल्पा
हाल ः विर अस्पताल, काठमाण्डौ
